उदयपुरका स्थानीय तहमा प्रहरीको ‘गुनासो पेटिका’
उदयपुर जिल्लाका स्थानिय तहमा सुझाव तथा गुनासो संकलन गर्नका लागी प्रहरीले ‘गुनासो पेटिका’ राखेको छ । प्रहरीले गरेको काम सम्बन्धि सुझाव र गुनासो संकलनका लागि ८ वटा स्थानीय निकायमा गुनासो पेटिका राखिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।
उदयपुरमा ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका छन् । नगरपालिका र गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयमा गुनासो पेटिका राखेर गुनासो संकलन गर्न शुरु गरिएको छ । वडा कार्यालयसहित ८३ ठाउँमा पेटिका राखेर सुझाव र गुनासो संकलन शुरु गरिएको एसपी बोहराले जानकारी दिए ।

प्रहरीले गर्ने काम कारवाहीमा चित्त नबुझेमा सो पेटिकामा लिखित रुपमा गुनासो गर्न र सुझाव दिन सकिन्छ । सेवाग्राहीले आफ्नो नाम गोप्य राखेर गुनासो र सुझाव दिन सक्छन् । गुनासो पेटिकामा आएका सुझावलाई स्थानिय जन प्रतिनिधिसँग समन्वय गरेर मुचुल्का गरेर खोल्ने र संवोधन गरिने एसपी बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण