हेटौँडामा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते
बुधबार, २९ मङ्सिर २०७८, १३ : ३८
मोटरसाइकल दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान हेटौँडा उपमहानगरपालिका–१९ दारिमटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनका अनुसार बुधबार बिहान इँटा बोकेर हेटौंडाबाट मनहरितर्फ जाँदै गरेको प्रदेश ३ ००१ ख १८४९ नं को टिपर र हेटौंडातर्फ आउँदै गरेको ना ४९ प ८२५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण