इलाममा भ्यान दुर्घटनामा, २ जनाको मृत्यु, ८ जना घाइते
बुधबार, २९ मङ्सिर २०७८, १३ : ४४
सूर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसो भएको मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । दिउँसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो ।
घाइतेहरूलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो । सो क्रममा माईजोमाई गाँउपालिका– ४ का ७६ वर्षीय रामप्रसाद तिमल्सिना र माईजोमाई-३ का ४० वर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । चालकसहित आठ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण