जनकलाकारको काम समृद्धि र आत्मनिर्भरताको पक्षमा जागरण ल्याउनु हो : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने बताएका छन् । बिहीबार जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनकलाकारहरूको कार्यभार राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउनु रहेको बताए ।
‘जनसांस्कृतिक महासंघसँग दुईवटा कार्यभार छन्’,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य समेत रहेका मन्त्री शर्माले भने, ‘एउटा राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधिनताका पक्षमा नयाँ जागरण पैदा गर्ने, त्यस्तै श्रम संस्कृति, आत्मनिर्भरताको संस्कृति स्थापना गर्ने रहेको छ ।’ राजनीतिक परिवर्तनहरू भएपनि सामाजिक, सांस्कृतिक परिवर्तनमा धेरै समय लाग्ने बताउँदै उनले यसको परिवर्तनका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले समाजमा विद्यमान रहेका विभेद तथा विसङ्गति अनि भ्रष्टाचारविरुद्ध लड्न सके मात्र समाजवादको पथ पहिल्याउन सकिने बताउँदै सामुदायिक पुँजी निर्माण गरेर समाजवादको ‘भ्रूण’ निर्माण गर्नुपर्ने बताए । त्यसका लागि महासंघले आफ्नो जागरणमार्फत नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने औंल्याए । ‘समाजवादको जग हाल्नका लागि नारा मात्र भनेर हुँदैन’, उनले भने, ‘व्यक्तिगत प्रतिस्पर्धालाई नरोकी उत्पादनका साधन समुदायमा स्थापित हुने गरी समुदायको पुँजी निर्माण गरेर समाजवादको भ्रूण निर्माण गर्ने अभियानको नेतृत्व गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण