सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जर्सिङपौवाको रिसोर्टमा युवती मृत फेला

आइतबार, ०४ पुस २०७८, १३ : ०७
आइतबार, ०४ पुस २०७८

काठमाडौंको शंकरापुर नगरपालिका–३ जर्सिङपौवास्थित रिसोर्टमा युवती मृत अवस्थामा फेला परेकी छिन् । जर्सिङपौवाको लाङटाङ ईको रिसोर्टमा कार्यरत ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ घर भएकी १९ वर्षीया उर्मिला आले मगर मृत अवस्थामा भेटिएकी हुन् ।

उर्मिला र सो रिसोर्टमा काम गर्ने मोरङ लेटाङका अर्जुन मगरसँगै सुतेका थिए । चिसोका कारण कोइला बालेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि रिसोर्ट सञ्चालकले ढोका फुटाएर हेर्दा उर्मिला मृत फेला परेकी हुन् । अचेत अवस्थामा फेला परेका अर्जुन उपचारपछि होसमा आएका छन् ।

उर्मिला र अर्जुन लिभिङ टुगेदरमा थिए । झ्याल ढोका बन्द गरेर सुतेको हुनाले निसासिएर मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले रातोपाटीलाई बताए । उनीहरुले खाटमुनी माकल बालेर सुतेका थिए ।

उर्मिलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । अर्जुनलाई आफन्तको जिम्मा लगाइएको डिएसपी न्यौपानेले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप