जर्सिङपौवाको रिसोर्टमा युवती मृत फेला
काठमाडौंको शंकरापुर नगरपालिका–३ जर्सिङपौवास्थित रिसोर्टमा युवती मृत अवस्थामा फेला परेकी छिन् । जर्सिङपौवाको लाङटाङ ईको रिसोर्टमा कार्यरत ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ घर भएकी १९ वर्षीया उर्मिला आले मगर मृत अवस्थामा भेटिएकी हुन् ।
उर्मिला र सो रिसोर्टमा काम गर्ने मोरङ लेटाङका अर्जुन मगरसँगै सुतेका थिए । चिसोका कारण कोइला बालेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि रिसोर्ट सञ्चालकले ढोका फुटाएर हेर्दा उर्मिला मृत फेला परेकी हुन् । अचेत अवस्थामा फेला परेका अर्जुन उपचारपछि होसमा आएका छन् ।
उर्मिला र अर्जुन लिभिङ टुगेदरमा थिए । झ्याल ढोका बन्द गरेर सुतेको हुनाले निसासिएर मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले रातोपाटीलाई बताए । उनीहरुले खाटमुनी माकल बालेर सुतेका थिए ।
उर्मिलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । अर्जुनलाई आफन्तको जिम्मा लगाइएको डिएसपी न्यौपानेले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण