भारतमा दुई युनियन टेरिटोरी र ११ राज्यका १२६ जनामा देखियो ओमिक्रोन
आइतबार, ०४ पुस २०७८, १३ : ५२
भारतमा पछिल्लो २४ घन्टामा १३ जनामा कोभिडको नयाँ भाइरस ओमिक्रोन देखिएको छ । कर्नाटक र महाराष्ट्रका ६–६ जनामा र केरलाका चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२६ पुगेको छ । अहिलेसम्म दुई युनियन टेरिटोरी र ११ राज्यमा नयाँ भेरियन्ट देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार महाराष्ट्रमा ४३, दिल्लीमा २२, राजस्थानमा १७, कर्नाटकमा १४ र तेलंगनामा आठ, गुजरातमा सात र केरलामा ११ जनामा ओमिक्रोन देखिएको छ ।
त्यस्तै, आन्ध्र प्रदेश, चन्डीगढ, तमिल नाड्डु र पश्चिम बंगालमा एक एक जनामा नयाँ भेरियन्ट देखिएको छ ।
कर्नाटकमा संक्रमित ६ मध्ये एकजना बेलायतबाट आएका व्यक्तिमा देखिएको हो । संक्रमित सबै जनालाई आइसोलसनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको विश्वासको मतमा सर्वोच्च अदालतले उठायो प्रश्न, जेठ १० सुनुवाइका लागि पेशी तोकियो
-
बागमतीका ३ जिल्लामा पूर्वाधार विकास कार्यालय सञ्चालन गरिने
-
सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै
-
टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँ : आरजु राणा
-
जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई बिमस्टेकले गम्भीरतापूर्वक लेओस् : राष्ट्रपति पौडेल
-
बारम्बार मोबाइल तातिरहेको छ ?