भारतमा दुई युनियन टेरिटोरी र ११ राज्यका १२६ जनामा देखियो ओमिक्रोन
आइतबार, ०४ पुस २०७८, १३ : ५२
भारतमा पछिल्लो २४ घन्टामा १३ जनामा कोभिडको नयाँ भाइरस ओमिक्रोन देखिएको छ । कर्नाटक र महाराष्ट्रका ६–६ जनामा र केरलाका चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२६ पुगेको छ । अहिलेसम्म दुई युनियन टेरिटोरी र ११ राज्यमा नयाँ भेरियन्ट देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार महाराष्ट्रमा ४३, दिल्लीमा २२, राजस्थानमा १७, कर्नाटकमा १४ र तेलंगनामा आठ, गुजरातमा सात र केरलामा ११ जनामा ओमिक्रोन देखिएको छ ।
त्यस्तै, आन्ध्र प्रदेश, चन्डीगढ, तमिल नाड्डु र पश्चिम बंगालमा एक एक जनामा नयाँ भेरियन्ट देखिएको छ ।
कर्नाटकमा संक्रमित ६ मध्ये एकजना बेलायतबाट आएका व्यक्तिमा देखिएको हो । संक्रमित सबै जनालाई आइसोलसनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण