कर्णाली प्रदेश : एमाले जुट्यो जिल्ला र प्रदेश सम्मेलनको तयारीमा
सोमबार, ०५ पुस २०७८, १० : १४
नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पुस २३ गते हुने जिल्ला सम्मेलन र माघ ८ मा हुने प्रदेश सम्मेलनको तयारीका लागि आवश्यक निर्णय गरेको छ । आइतबार प्रदेश कमिटीको पहिलो बैठकले दुईवटै सम्मेलनलाई भव्य तरिकाले सम्पन्न गर्नेगरी छलफल गरेको हो ।
बैठकले जिल्ला सम्मेलनका लागि प्रत्येक जिल्लाले जिल्ला कमिटीको बैठक बसेर तयारी गर्ने निर्णय गरेको छ । प्रदेश कमिटीका लागि १५० संगठित सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने छ, जसमा ३३ प्रतिशत महिला सुनिश्चित हुनेगरी छनोट गरिने एमालेले जनाएको छ ।
दलितको हकमा भने सय जना सांगठनिक सदस्य बराबर एक जना प्रतिनिधि छनोट गरिने एमाले नेतृ मोहन माया ढकालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण