सेयर बजारमा आयात रोक्ने प्रयासको प्रभाव, ५६ अंकको सुधार
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५६ अंकले बढेको छ । पछिल्लो समय निरन्तर घट्दै आएको सेयर बजारमा आज उच्च वृद्धि आएको हो । आज २३ सय ६० अंकबाट सुरु भएको परिसूचक उक्त अंकको वृद्धिसँगै २४ सय १५ अंकमा पुगेर रोकिएको छ ।
खासगरी, नेपाल राष्ट्र बैंकले सोमबार अनियन्त्रित आयात रोक्ने गरेको व्यवस्थासँगै बजारमा सकरात्मक सुधार आएको हो । नेपाललाई आवश्यक नै नपर्ने वस्तुको आयातमा वर्षमा खर्बौ रुपैयाँ बाहिरिँदै आएको छ । जसलाई रोकेर विदेशी मुद्रा सञ्चिति घट्नबाट रोक्ने र तरलता संकुचन सुधार ल्याउन राष्ट्र बैंकको प्रयासको नेप्सेमा सकरात्मक प्रभाव परेको हो ।
यसक्रममा आज २ अर्ब ३८ करोड रुपैयाँ बराबरको ४९ लाख ७४ कित्ता सेयर किनबेच भएको छ । बजारमा उच्च अंकको वृद्धि आएको दिन जीवन बीमा समूहमा सबैभन्दा बढी २०६ अंकको सुधार आएको छ । यस्तै, निर्जीवन बीमा समूहमा २०४ अंकको सुधार आएको छ ।
यस्तै, उत्पादनमूलक समूहमा १७० अंक, विकास बैंक समूहमा १३७ अंक, जलविद्युत समूहमा ९४ अंक र लघुवित्त समूहमा ९० अंकको सुधार आएको छ । यीबाहेक आज कारोबारमा आएका सबै समूहमा सुधार आएको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य आज एकै दिन ३१ रुपैयाँले बढ्दै प्रतिकित्ता मूल्य ३१० रुपैयाँ पुगेको छ । यस्तै, ज्योती फाइनान्सको सेयर मूल्य ९ प्रतिशत र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा पनि ९ प्रतिशतको सुधार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण