‘रजतपट’ विरुद्ध अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी
अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी छन् ।
‘आफुले ब्यक्तिगत सम्पतीबाट किनेको घर अरुले किनिदिएको भनेर ‘रजतपट’ मा भ्रामक र गलत समाचार बनाइएको छ’ शिवाकोटीले भनिन् ‘उनको समाचारले म, मेरो परिवार र आफन्त सबै दुःखी भएका छौ । मेरो पर्सनल जीवनमा यसले नराम्रो असर पारेको छ ।’ निवेदकको विषयमा विकास बोर्डमा छलफल भइरहेको बताएकी शिवाकोटीले अझै अगाडि बढ्नुपरे तयार रहेको सुनाइन् ।
अभिनयको विषयका विभिन्न कुरा जोडेर आउने गसिफ आफुले सामान्य रुपमा लिँदै आएको बताएकी बर्षाले भनिन् ‘पर्सनल कुरोसँग जोडेर गलत समाचार प्रसारण विषयमा म चुप बस्न सक्दिन ।’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले वर्षाले बोर्डमा उजुरी दिएको पुष्टि गरे । ‘वर्षाले ‘रजतपट’ र प्रकाश सुवेदीविरुद्ध एक उजुरी बोर्डमा दर्ता गराउनु भएको छ’ अध्यक्ष दाहालले भने– ‘त्यस विषयमा छलफल हुन बाँकी रहेको छ ।’ छलफल नभएको बिषय भएकोले त्यस बिषयमा अहिले आफु थप केही नबोल्ने दाहालले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण