शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रुघाखोकी जस्तै लाग्ने ओमिक्रोनका २ लक्षण

शनिबार, १० पुस २०७८, ०८ : ५२
शनिबार, १० पुस २०७८

कोरोना महामारीको पछिल्लो लहरमा चिसो लाग्ने, खोकी, ज्वरोलाई सामान्य लक्षण मानिन्छ । चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो समस्या हुने गर्छ । वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा देखिने समस्याहरु जस्तै हुन्छ । यस्ता लक्षणहरुलाई समयमा नै चिनेर यसबाट बच्न सकिन्छ । 

ओमिक्रोनको दुई लक्षण 
ओमिक्रोनको विषयमा विभिन्न अध्ययन भइरहेका छन् । विशेषज्ञका अनुसार ओमिक्रोन अन्य भेरियन्टभन्दा फरक छ । अलग–अलग भेरियन्टमा अलग–अलग लक्षण देखिन्छ । ओमिक्रोनको लक्षण चिसो लागेको समयमा देखिने जस्तै लक्षणहरु देखिन्छन् । जस्तै, सामान्य ज्वरो, रुघाखोकी, हल्का टाउको दुख्नुका साथै थकान । यो लक्षणहरु विस्तारै बढ्दै जाने भएकाले यसलाई समयमा नै चिन्न सक्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप