रोदनको अभिवन्द्य विमोचन
श्रीओम श्रेष्ठ रोदनको अभिवन्द्य निवन्ध सङ्ग्रहको विमोचन गरिएको छ । भद्रकालीस्थित महिला आयोगको सभा हलमा शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमा रोदनको उक्त निवन्ध सङ्ग्रह विमोचन गरिएको हो । कार्यक्रममा तेजेश्वरबाबु ग्वंग, तुलसी दिवस, अशेष मल्ल, मदनदास श्रेष्ठ, लक्ष्मणप्रसाद गौतम, राधेश्याम लेकाली, मोमिला, ज्ञानु अधिकारी लगायतका स्रष्टाले निबन्ध सङ्ग्रहका विविध पक्षबारे विचार व्यक्त गरेका थिए ।
अभिवन्द्य नेपाली साहित्य क्षेत्रका प्रतिष्ठित ४१ व्यक्तित्वहरुबारे लेखिएको निबन्धहरूको सङ्ग्रह हो । अभिवन्द्यको अर्थ अभिनन्दन गर्न लायक भन्ने हुन्छ । यस कृतिमा सिद्धिचरण श्रेष्ठ, डायमण्ड समसेर, माधव घिमिरे, सत्यमोहन जोशी, पूर्णप्रसाद ब्राह्मण, स्वामी प्रपन्नाचार्य, बद्रीविक्रम थापा, कृष्णचन्द्रसिंह प्रधान, कमलमणि दीक्षित, बालकृष्ण पोखरेल, तेजेश्वर बाबु ग्वंग, उपेन्द्र श्रेष्ठ, नगेन्द्रराज शर्मा, गोविन्द भट्ट, कृष्णप्रसाद पराजुली, प्रचण्ड मल्ल, इन्दिरा श्रेष्ठ, राममणि रिसाल, रोचक घिमिरे, तुलसी दिवस, कुमारबहादुर जोशी, मनु ब्राजाकी, परशु प्रधान, ध्रुवचन्द्र गौतम, मञ्जुल, शशी भण्डारी, जनकबहादुर राणा, मदनदाश श्रेष्ठ, प्रकाश कोविद, गोरखबहादुर सिंह, निर्मोही व्यास, अशेष मल्ल, रामचन्द्र गौतम, शम्भु राई, श्रीविक्रम राणा, गोपालप्रसाद सर्राफ, चिन्तामणि योगी, हरिप्रसाद पोखरेल, रमेश श्रेष्ठबारेका व्यक्ति निबन्ध यसमा सङ्ग्रहित छन् ।
कार्यक्रमा साहित्यकार तथा समालोचक मोमिला र ज्ञानु अधिकारीले उक्त ग्रन्थको समीक्षात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा बोल्दै तेजेश्वरबाबु ग्वंगले भने, ‘साहित्यिक स्रष्टालाई यसरी सम्मान गर्ने परम्परा एकदमै राम्रो हो, यस सङ्ग्रहको भाषाशैली अलि भिन्न खालको छ, अरूभन्दा भिन्न हुनु नै लेखको मौलिक परिचय हो ।’
यसैगरी अशेष मल्लले हरेक स्रष्टाका राम्रा नराम्रा व्यवहारहरु हुन सक्छन् तर यस कृतिमा हरेक स्रष्टाका राम्रा पक्ष लेखेर सबै माझ ल्याएको कुरा बताए । उनले भने ‘श्रीओम’ फूल हो, तसर्थ फूलका आँखामा फूलै संसार ।’
पुस्तका बारेमा तुलसी दिवसले साहित्यकारले भाषालाई भत्काउने काम साहित्यकारहरुको हो । अरूको जस्तै भाषाशैलीको प्रयोग गर्ने हो भने साहित्यकारको फरक पहिचान बन्न सक्दैन । यसर्थ यसमा प्रयोग भएको भाषा श्रीओम जस्तै छ भने ।
यस पुस्तकका बारेमा लेखकले भन्छन्– अट्नु भएको छ एकचालिस जना ‘अभिवन्द्य’ मा । हुनुहुन्छ अझ धेरै सम्मान गरेकाहरु । छुट्नुभएको छ पर्नुपर्ने नाम पनि । छन् इच्छाले लेखेका धेरै । छन् केही आवश्यकताले । छन् केही अनुरोधले पनि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण