राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
सारांश
- काठमाडौँ महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ।
- महानगरपालिकाले महानगरबासी र विपन्न तथा बेवारिसे बिरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले यी सामानहरू हस्तान्तरण गरेको हो।
- उपलब्ध गराइएका ११५ प्रकारका सामानबाट करिब ३ सय जनाले निःशुल्क उपचार प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ।
महानगरबासी र विपन्न तथा बेवारिसे बिरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई सामान हस्तान्तरण गरेकी हुन्।
एउटा इम्प्लान्ट किन्न प्रकृति अनुसार २ सय रुपियाँदेखि १० लाख रुपियाँ सम्म पर्छ। एक जना व्यक्तिलाई कति वटा इम्प्लान्ट चाहिन्छ भन्ने कुरा चाहिँ चोटपटकको अवस्थाले निर्धारण गर्छ । सेन्टरमा गराइएका उपचार हेर्दा औसतमा २ लाख रुपियाँदेखि २ लाख ५० हजार रुपियाँसम्म खर्च आउने गरेको छ।
दुर्घटना वा अन्य स्वास्थ्य समस्याका कारण हड्डीमा राख्नुपर्ने महँगो ‘इम्प्लान्ट’ सामग्री अभावका कारण बिरामीहरू उपचारबाट वञ्चित हुनु पर्ने अवस्था अन्त्य गर्न महानगरपालिकाको स्वास्थ्य विभागले सार्वजनिक खरिद प्रक्रियाबाट सामान खरिद गरेपछि प्राप्त भएका सामान सेन्टरलाई हस्तान्तरण गरिएको हो।
उपलब्ध गराइएका सामानहरू ११५ प्रकारका छन् । यी सामानबाट करिब ३ सय जनाले निःशुल्क उपचार प्राप्त गर्न सक्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण