गण्डकीमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा २१८ जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९ महिला र १४ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
शर्माका अनुसार कास्की १७, बागलुङ २, स्याङजा २, म्याग्दी १ र नवलपरासी पूर्व १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८ हजार ३६३ पुगेको छ ।
गण्डकी प्रदेशमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा महानगरपालिका–३२ का ७५ बर्षिय पुरुष रहेका छन । उनको उपचारका क्रममा संक्रमण तथा सरुवा रोग अस्पताल पोखरामा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४२६ पुगेको छ ।
प्रदेशमा पछिल्लो चौबिस घण्टामा ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ८११ पुगेको छ भने होम आइसोलेसनमा १११ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १२६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण