आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा प्रचण्डका ८ सूत्र
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासमा जोड दिएका छन् । ८ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमा राष्ट्रिय अर्थतन्त्रको विकासका लागि उत्पादन र विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्ने बताएका छन् । उनले नेपालको अर्थतन्त्र दलाल र विचौलियाको हातमा रहेको भन्दै उनीहरुबाट जनताको हातमा ल्याउने पार्टीको विकासको मुल उदेश्य रहेको दावी गरेका छन् ।
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने नीतिका साथै योजना र कार्यक्रमका साथ उत्पादन र विकासका कामलाई अघि बढाउन जरुरी रहेको प्रचण्डको विश्लेषण छ । ‘वैदेशिक परनिर्भरता, बढ्दो उपभोक्तावादी संस्कृति, भयानक व्यापार घाटा र असन्तुलन रोक्न कठोर संघर्ष अनिवार्य छ’प्रचण्डले आफ्नो दस्तावेजमा भनेका छन् ।
नयाँ भूउपयोग नीतिसहित कृषिजन्य वस्तुहरुमा आत्मनिर्भर हुनेगरी उत्पादन बृद्धिमा जोड दिदै प्रचण्डले कृषिमा आधारित साना ठुला उद्योगहरु स्थापनामार्फत व्यापक रोजगारी सृष्टि गर्दै देशमा रहेका प्राकृतिक साधनस्रोतको जनहितमा अधिकतम सदुपयोग गर्नुपर्ने बताएका छन् ।
देशमै उत्पादन र विकास निर्माणको प्रचुर सम्भावना रहेको औल्याएका प्रचण्डले राज्यको गलत नीतिका कारण लाखौ युवाहरु रोजगारीका लागि विदेशिएकाले विदेशमा रहेका ती युवाहरुको श्रमलाई स्वदेशमै सदुपयोग गर्ने वातावरण बनाउनुपर्ने प्रचण्डको जोड छ । ‘देशभित्र र बाहिर रहेका युवा श्रम शक्तिलाई राष्ट्रिय विकासको अभियानमा नजोडेसम्म अपेक्षित परिणाम ल्याउन असम्भव छ’, प्रचण्डको निष्कर्ष छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण