२०७९ सालभित्र साँच्चै विवाह गर्लिन् त रेखा थापाले ?
अभिनेत्री रेखा थापाले आफू २०७९ सालभित्र विवाह बन्धनमा बाँधिनसक्ने बताएकी छन् । एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा उनले विवाहको विषयमा कुरा गर्दै सो बताएकी हुन् । त्यसका लागि उपयुक्त केटाको खोजीमा आफू रहेको उनको भनाइ छ ।
कार्यक्रममा फिल्म उद्योग भन्दा बाहिरको व्यक्तिसँग घरजम गर्ने योजना रहेको सुनाएकी रेखाले अबको श्रीमान् मन र कुरा मिल्ने हुनुपर्ने इच्छा समेत राखेकी छन् ।
निर्माता छविराज ओझासँग सम्बन्धविच्छेदपछि एक्लो जीवन बिताउँदै आएकी रेखालाई पछिल्लो समय सार्वजनिक कार्यक्रम होस् वा टेलिभिजन अन्तर्वार्ता विवाहको प्रश्नले पछ्याउने गर्दछ । सोही कारण पनि अचेल उनी विवाह बन्धनमा बाँधिने तयारीमा रहेको बताउँदै आएकी छन् ।
फिल्म, राजनीति र उनको जीवनको विषयमा केन्द्रीत रहेर गरिएको कुराकानीमा उनले राष्ट्रिय राजनीतिमा आउन आफूलाई फिल्मले प्रेरित गरेको समेत बताएकी छन् ।
‘फिल्म हाँसिमजाक मात्र होइन । नाच्ने गाउनेको समूह मात्र होइन,’ उनले भनिन्, ‘फिल्मले समाज परिवर्तन गर्नसक्ने क्षमता राख्दछ ।’ फिल्म मार्फत समाज परिवर्तन, देश परिवर्तनको दृष्टिकोण दिने क्रममा आफूलाई राजनीति प्रति रुचि बढेको उनले सुनाएकी छन् ।
रेखा पछिल्लो समय राजनीति र फिल्म अभिनय दुवैका क्रियाशील छिन् । फिल्म निर्माण, निर्देशन र अभिनय गरेर तीन विधामा क्रियाशील उनी केही अगाडि सम्पन्न राप्रपाको केन्द्रीय महाधिवेशनमा महामन्त्री पदका पराजित भएकी थिइन् ।
रेखाले यसअघि बिहेबारे प्रश्न गर्दा स्पष्ट जवाफ दिने गरेकी थिइनन् । पछिल्लो उनको अभिव्यक्तिले के साँच्चै रेखा वैवाहिक जीवनमा बाँधिएलिन् त ? त्यो त समयले बताउने नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण