काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल
विवेकशील साझाको संस्थापन पक्षबाट कारबाही गरेका संयोजक मिलन पाण्डे र काँग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा काँग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाई दिने काम भएको उनले बताएका छन् ।
लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् ।
विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र पक्षले संयोजक पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको थियो। अध्यक्ष मिश्रले संयोजक पाण्डेमाथि पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर लगातार पार्टीलाई गम्भीर क्षति पुर्याउने काम गरेको आरोप लगाएका थिए ।
गत साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको लाइन मिश्रले लिएपछि विवेकशील साझामा विवाद बढ्दै गएको थियो ।
साझाले विवेकशीलसँग पार्टी एकता गरेर पार्टी नै कब्जा गरेर पाण्डे लगायत पूर्व विवेकशील पक्षलाई पार्टी विहीन बनाएको अवस्थामा पाण्डे र शर्माबीच छलफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण