शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

मङ्गलबार, १३ पुस २०७८, २१ : ४९
मङ्गलबार, १३ पुस २०७८

विवेकशील साझाको संस्थापन पक्षबाट कारबाही गरेका संयोजक मिलन पाण्डे र काँग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा काँग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाई दिने काम भएको उनले बताएका छन् । 

लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् । 

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र पक्षले संयोजक पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको थियो। अध्यक्ष मिश्रले  संयोजक पाण्डेमाथि पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर लगातार पार्टीलाई गम्भीर क्षति पुर्याउने काम गरेको आरोप लगाएका थिए । 

गत साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको लाइन मिश्रले लिएपछि विवेकशील साझामा विवाद बढ्दै गएको थियो । 

साझाले विवेकशीलसँग पार्टी एकता गरेर पार्टी नै कब्जा गरेर पाण्डे लगायत पूर्व विवेकशील पक्षलाई पार्टी विहीन बनाएको अवस्थामा पाण्डे र शर्माबीच छलफल भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप