बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ५ अंकको सुधार, नेपाल बंगलादेश बैंकको सेयर ९ प्रतिशत बढ्यो

बुधबार, १४ पुस २०७८, १५ : २९
बुधबार, १४ पुस २०७८

आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । नेप्से परिसूचक आज ५.५१ अंकले बढेर बन्द भएको छ । कारोबार सुरू भएदेखि घट्न थालेको नेप्से अन्तिममा सुधारिएर बन्द भएको हो ।

कारोबार सुरु भएको ३० मिनेटसम्म घटेर २५ सय १३ अंकमा आइपुगेको थियो । त्यसपछि बढेर २५ सय ३८ अंकमा पुगे पनि फेरि घट्दै २५ सय २४ अंकमा पुगेर रोकियो । यसक्रममा तीन अर्ब ६२ करोड रूपैयाँ बराबरको ५६ लाख ३८ हजार कित्ता सेयर किनबेच भयो ।

नेप्सेमा सामान्य सुधार आएपनि आज कारोबार भएकामध्ये पाँच समूहमा गिरावट आएको छ । व्यापार, विकास बैंक, वित्त, जीवन बीमा र लगानी समूहमा गिरावट आएको हो । यीबाहेक अन्य समूहमा भने सुधार आएको छ । आज निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २५१ अंकको सुधार आएको छ ।

आज मध्य भोटेकोसी जलविद्युत आयोजना र नेपाल बंगलादेश बैंकको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ । नबिल बैंकसँग मर्जरमा जान लागेको हल्लापछि बंगलादेश बैंकको सेयर मूल्य उकालो लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप