नेप्सेमा ५ अंकको सुधार, नेपाल बंगलादेश बैंकको सेयर ९ प्रतिशत बढ्यो
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य सुधार आएको छ । नेप्से परिसूचक आज ५.५१ अंकले बढेर बन्द भएको छ । कारोबार सुरू भएदेखि घट्न थालेको नेप्से अन्तिममा सुधारिएर बन्द भएको हो ।
कारोबार सुरु भएको ३० मिनेटसम्म घटेर २५ सय १३ अंकमा आइपुगेको थियो । त्यसपछि बढेर २५ सय ३८ अंकमा पुगे पनि फेरि घट्दै २५ सय २४ अंकमा पुगेर रोकियो । यसक्रममा तीन अर्ब ६२ करोड रूपैयाँ बराबरको ५६ लाख ३८ हजार कित्ता सेयर किनबेच भयो ।
नेप्सेमा सामान्य सुधार आएपनि आज कारोबार भएकामध्ये पाँच समूहमा गिरावट आएको छ । व्यापार, विकास बैंक, वित्त, जीवन बीमा र लगानी समूहमा गिरावट आएको हो । यीबाहेक अन्य समूहमा भने सुधार आएको छ । आज निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २५१ अंकको सुधार आएको छ ।
आज मध्य भोटेकोसी जलविद्युत आयोजना र नेपाल बंगलादेश बैंकको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ । नबिल बैंकसँग मर्जरमा जान लागेको हल्लापछि बंगलादेश बैंकको सेयर मूल्य उकालो लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण