अब विदेश घुम्न जानेले वर्षमा दुई पटकसम्म डलर साट्न पाउने
विदेश भ्रमणमा जाने नेपालीले अब वर्षमा बढीमा दुई पटकसम्म मात्र डलर साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले मुद्रा सटही व्यवस्था सम्बन्धी एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
बुधबार राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त निकायलाई एक परिपत्र जारी गर्दै अब भारत बाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने राहदानी (पासपोर्ट) धारी नेपाली नागरिकहरुलाई प्रति पटक एक हजार ५०० अमेरिकी डलरका दरले वर्षमा बढीमा दुईपटक भन्दा बढी सटही सुविधा नदिन निर्देशन गरेको हो ।
यस्तो सुविधा पनि व्यक्तिको स्टाटस हेरी स्रोतको स्वघोषणा समेत लिन नियामक राष्ट्र बैंकले इजाजत प्राप्त निकायलाई आग्रह गरेको छ । डलर सटही गर्ने सेवाग्राहीको आयस्रोत वैध हो वा होइन कुन प्रयोजनका लागि सटही गर्दैछ भन्ने हेर्नुपर्ने र त्यस्तो सटही भ्रमणमा प्रयोग नभए पुनः बैंक वा सटही निकायमा नै फिर्ता गराउन समेत बैंकले निर्देशन गरेको छ ।
यदि सटही सुविधा गलत मनसायले झुट्टा विवरण पेश गरी लिएको र ठहर भए प्रचलित ऐन, कानून बमोजिम कडा कारबाही हुने समेत बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण