लेखनाथ न्यौपानेको फरक मतलाई माओवादीले सम्मान गर्ने
नेकपा माओवादी केन्द्रले जारी आठौं महाधिवेशनमा नेता लेखनाथ न्यौपानेले राखेको फरक मतलाई फरक मतकै रुपमा लिदै त्यसबारे पार्टीमा बहस गर्ने भएको छ । शुक्रबारको बन्दसत्रपछि आयोजित मिडिया व्रिफिङका क्रममा प्रवक्ता कृष्णबहादुर महराले शुक्रबारको बन्दसत्रले गरेका निर्णयहरूबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् ।
‘अध्यक्षको प्रतिवेदनमाथि आएका धेरै सुझाव या प्रश्नहरु प्रतिवेदनको मुल स्पिरिट ठिक छ भन्ने आएका छन्, बाँकी केही सुझावहरु पनि आएका छन्, ती सुझावलाई अध्यक्षले स्वीकार गर्नुभएको छ’, महराले भने, ‘लेखनाथ न्यौपानेका फरक मत फरक मतकै रुपमा राख्ने र सम्मानपूर्वक फेरि बहस गर्दै जाने निर्णय भएको छ ।’
उनले शुक्रबार निर्वाचन, लेखा र अनुशासन आयोगका तीन प्रतिवेदन पेश भएको भन्दै त्यसपछि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएर आजको बन्दसत्र प्रतिवेदन पाससहित समापन भएको जानकारी दिए ।
शनिबार विधानमाथिको प्रस्तुति हुने र नेतृत्व चयनको प्रक्रिया सुरु हुने पनि प्रवक्ता महराले जानकारी दिए । महराका अनुसार सम्भवत महाधिवेशन शनिबार नै सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?