लेखनाथ न्यौपानेको फरक मतलाई माओवादीले सम्मान गर्ने
नेकपा माओवादी केन्द्रले जारी आठौं महाधिवेशनमा नेता लेखनाथ न्यौपानेले राखेको फरक मतलाई फरक मतकै रुपमा लिदै त्यसबारे पार्टीमा बहस गर्ने भएको छ । शुक्रबारको बन्दसत्रपछि आयोजित मिडिया व्रिफिङका क्रममा प्रवक्ता कृष्णबहादुर महराले शुक्रबारको बन्दसत्रले गरेका निर्णयहरूबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् ।
‘अध्यक्षको प्रतिवेदनमाथि आएका धेरै सुझाव या प्रश्नहरु प्रतिवेदनको मुल स्पिरिट ठिक छ भन्ने आएका छन्, बाँकी केही सुझावहरु पनि आएका छन्, ती सुझावलाई अध्यक्षले स्वीकार गर्नुभएको छ’, महराले भने, ‘लेखनाथ न्यौपानेका फरक मत फरक मतकै रुपमा राख्ने र सम्मानपूर्वक फेरि बहस गर्दै जाने निर्णय भएको छ ।’
उनले शुक्रबार निर्वाचन, लेखा र अनुशासन आयोगका तीन प्रतिवेदन पेश भएको भन्दै त्यसपछि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएर आजको बन्दसत्र प्रतिवेदन पाससहित समापन भएको जानकारी दिए ।
शनिबार विधानमाथिको प्रस्तुति हुने र नेतृत्व चयनको प्रक्रिया सुरु हुने पनि प्रवक्ता महराले जानकारी दिए । महराका अनुसार सम्भवत महाधिवेशन शनिबार नै सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण