विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी ५० लाख नगदसहित पक्राउ
त्रिभुवन विमानस्थलबाट सौर्य एयरलाइन्सकी कर्मचारी स्रोत नखुलेको ५० लाख नगदसहित पक्राउ परेकी छन् । काठमाडौंस्थित एयरलाइन्सको असिस्टेन्टको रुपमा कार्यरत रेखा शाक्य पोखरेललाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।
शनिबार दिउँसो विराटनगरबाट काठमाडौं आएको जहाजमा स्रोत नखुलेको रकम आएको बारे सूचना आएपछि सादा पोसाकमा खटिएको प्रहरीले चेकजाँच गर्दा १ हजार दरका ४९५० वटा र ५०० दरका १०० वटा गरी जम्मा ५० लाख नगद बरामद भएको थियो ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीलाई प्राप्त भएको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा रातो रंगको ब्याग चेकजाँच गर्दा उक्त ब्याग भित्र लुकाई छिपाई राखेको नगद बरामद भएको थियो ।
झोलाभित्र करेन्ट चाउचाउ लेखिएको कार्टुनभित्रको सो रकम भन्सार उद्घोष भएको नपाइएको प्रहरीको भनाइ छ । उक्त रकम संकलन गर्न आउने पोखरेललाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण