यातायात सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित ‘प्रदेशअन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धी’ कार्यक्रममा मुख्यमन्त्री राईले गुणस्तरीय सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् ।
१ नम्बर प्रदेशअन्तर्गत यातायात सेवा प्रवाह गर्ने कार्यालय आठ वटा छन् । प्रदेश सरकारको यातायात व्यवस्था निर्देशनालयअन्तर्गत आठ वटा कार्यालयमा करारसमेत गरी १७१ कर्मचारी कार्यरत छन् । सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्ने कार्यविधि तथा निर्देशिका बनाउनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले ‘यातायात व्यवस्थामा अन्तर सरकारी समन्वय’ विषयमा र प्रदेश नं. १ यातायात व्यवस्था निर्देशनालयका निर्देशक भीम गौतमले निर्देशनालय मातहतका कार्यालयबाट प्रवाह गर्ने सेवाका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहन चापागाईलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण