नोबेल मेडिकल कलेजमा तालाबन्दी
अतिरिक्त शुल्क विवादमा आन्दोलनरत विद्यार्थीले आज विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ताला लगाएका छन् । एमबीबीएस प्रथम वर्षका विद्यार्थीको आन्दोलनमा समर्थन जनाउन नोबेल मेडिकल कलेज पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्तासहितको टोलीले ताला लगाएको हो ।
अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० जना हाराहारीमा विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोबेलको मुल गेटमा तोडफोडसमेत गरे ।
विद्यार्थीहरुले गेट फोडेर नोबेलको चौथो तलामा रहेको प्रशासन कक्षमा तालासमेत लगाएका छन् । नोबेल परिसरमा अहिले ठूलो संख्यामा प्रहरी परिचालित छन् । विद्यार्थीहरुले नोबेल मेडिकल कलेजका सञ्चालकविरुद्ध नाराबाजी जारी राखेका छन् ।
१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोबेल मेडिकल कलेजले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क माग गरेको हो । अतिरिक्त शुल्क नदिएका विद्यार्थीलाई अध्ययनमा रोक लगाइएको आन्दोलित विद्यार्थीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण