ओखलढुंगा एमाले अध्यक्षमा ६ जनाको दावी
नेकपा एमाले ओखलढुंगाको नयाँ नेतृत्वका लागि ६ जनाले दाबी गरेका छन् । पुस २३ गते शुक्रबार हुने जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि हालका अध्यक्ष मोहन श्रेष्ठ, नेताहरु शंकर कटुवाल, हर्कवोल राई, उत्तम राई, सीताराम गुरुङ र तीर्थ सुवेदीले दावी गरेका हुन् । जिल्ला नेताहरुका अनुसार सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेपनि आकांक्षी धेरै भएका कारण निर्वाचन हुने सम्भावना बढेको छ ।
अध्यक्षका आकांक्षीमध्ये कटुवाललाई प्रदेश सांसद अमिरबाबुर गुरुङको साथ रहेको छ भने हर्कबोल राईलाई संघीय सांसद यज्ञराज सुनुवारको साथ छ । कटुवाल हाल एमाले जिल्ला कमिटीका सचिव हुन् । ओखलढुंगा एमालेमा प्रदेश सांसद गुरुङ र सुनुवार गरी दुई धार छ । सुनुवार एमाले विभाजन नहुँदा माधव नेपाल पक्ष भनेर चिनिएका हुन् भने गुरुङ वामदेव गौतम हुदै ओली खेममा पुगेका हुन् । गुरुङलाई एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समेत साथ रहेको बताइन्छ । अध्यक्षका आकांक्षी मध्येका अर्का नेता सीताराम गुरुङ जनप्रतिनिधि समेत भएर काम गरेका र लगातार १९ बर्षदेखि पार्टी कमिटीमा रहेर जिल्लामा एमालेको संगठन विस्तार गर्नेमध्येका मानिन्छन् ।
जिल्लामा चुनाव हुने अवस्था आएमा शंकर, हर्कबोल र सितारामबीच नै प्रतिस्पर्धा हुने एमाले प्रतिनिधिहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण