सुनसरीमा थपिए २२ हजारभन्दा बढी मतदाता
सुनसरीमा २२ हजार ६९३ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन् । थपिएका कुल संख्यामध्ये महिला ११ हजार ४३२ र पुरुष ११ हजार २६० छन् ।
जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखि १९ पुससम्म सञ्चालन भएको थियो । पहिलो चरणको १७ मंसिरदेखि २ पुससम्मको विशेष कार्यक्रमअन्तर्गत १० हजार ३२४ जना मतदाता थपिएका हुन् ।
थपिएकामध्ये इटहरीमा तीन हजार ६६२, रामधुनीमा एक हजार ६६५, देवानगन्जमा ६६५, बर्जमा ७८१ र भोक्राहानरसिंहमा एक हजार १५० गरी कुल सात हजार ९२३ छन् । पहिलो चरण अन्तर्गत नै विशेष अभियान चलिरहेको समयमा प्रशासन कार्यालयहरूमा दुई हजार ४०१ जनाले नामावली दर्ता गराएका छन् ।
त्यस्तै ११९ पुससम्म भएको दोस्रो चरणमा १२ हजार ३६९ जनाले नामावली दर्ता गराएका छन् । दोस्रो चरणमा भएका जिल्लाका स्थानीय तह दुहवीमा एक हजार ५९० जना, वराहक्षेत्रमा दुई हजार १५९ जना, कोशीमा एक हजार ३८३ जना र गढीमा एक हजार ४२८ जनाले नामावली दर्ता गराएका हुन् ।
दोस्रो चरणको समय अवधिमा विभिन्न प्रशासन कार्यलय मार्फत पाँच हजार ८०९ जनाले नामावली दर्ता गराएका थिए । सुनसरीमा १२ वटा स्थानीय तह र ४ वटा निर्वाचन क्षेत्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण