सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणहिटीमा रेष्टुरेण्ट सञ्चालन प्रकरण : तीन दिनभित्र प्रतिवेदन पेश गर्न छानविन समिति गठन

बिहीबार, २२ पुस २०७८, १५ : ४४
बिहीबार, २२ पुस २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिने निर्णयबारे छानबिन गर्न चार सदस्यीय छानविन समिति गठन गरेका छन् । बिहीबार मन्त्री आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् । समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्ययन गरी सुझाव पेश गर्न निर्देशन दिएको मन्त्री आलेको स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप