नारायणहिटीमा रेष्टुरेण्ट सञ्चालन प्रकरण : तीन दिनभित्र प्रतिवेदन पेश गर्न छानविन समिति गठन
बिहीबार, २२ पुस २०७८, १५ : ४४
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नारायणहिटी सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिने निर्णयबारे छानबिन गर्न चार सदस्यीय छानविन समिति गठन गरेका छन् । बिहीबार मन्त्री आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका हुन् ।
समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् । समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्ययन गरी सुझाव पेश गर्न निर्देशन दिएको मन्त्री आलेको स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
-
कोशी प्रदेशको कुल आय ६ वर्ष यताकै कम, अघिल्लो वर्षको तुलनामा ३ अर्ब २८ करोडले घट्यो
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण