संसदको अवरोध हटाउन सहमतिको बिन्दु खोज्नुपर्छ : रामचन्द्र पौडेल
सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् ।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली काँग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजि गर्नुपर्ने बताएका हुन् ।
उनले समितिको बैठकमा आफुले संसद र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिए । उनले सबै गतिरोधहरुलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताए ।
उनले भने– ‘नेपाललाई असफल राष्ट्र बनाउन पाइँदैन भन्ने मेरो भनाई हो । सबै नेताहरुलाई मैले अनुरोध गर्या छु । सहमति, सम्झौताको बिन्दु खोजौँ । कुनै न कुनै सहमतिको विन्दु खोजौँ । तर यो अदालतको अवरोध, संसदको अवरोध, यो मुलुकमा एमसीसीको अवरोध जति पनि अवरोधहरु छन् । सबै गतिरोधलाई हटाएर मुलुकलाई अब गति दिनुपर्यो भन्ने कुरा मैले गरें । मैले १५/१६ बुँदे एउटा सुझावपनि प्रस्तुत गर्या छु भोलि त्यसमा छलफल हुन्छ । उहाँले अलिअलि दुःखेसो, गुनासोहरु गर्नुभएको छ । तिनका बाबजुद पनि त समाधान त चाहियो । निकास त चाहियो नि जसरी पनि भन्नेकुरा मेरो छ ।’
संयोजक पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा जोड दिएको पनि बताए । आफुले सुझावहरु समेत पेश गरेको भन्दै उनले सो सुझावहरुको विषयमा पनि छलफल गरिने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण