बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

काँग्रेसभित्रको गुट उपगुटले चुनावमा हार्ने अवस्था आउन सक्छः संग्रौला

बिहीबार, २२ पुस २०७८, १५ : ०४
बिहीबार, २२ पुस २०७८

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीभित्र मौलाएको गुट उपगुटले आगामी चुनावमा शर्मनाक हार बेहोर्ने अवस्था आउनसक्ने बताएकी छिन् ।
पार्टीको महाधिवेशन सकिसकेकाले अबका दिनमा गुट उपगुट बिर्सेर तीन तहको निर्वाचनमा जुटेमात्र जित हासिल गर्नसक्ने उनको भनाइ छ । 

प्रेस युनियन मोरङले बिहीवार विराटनगरमा आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले भनिन्, ‘भविष्यमा तिन तहको निर्वाचन हुदैछ। अव महाधिवेशनको इगो कसैले राख्नु हुँदैन । यति इगो राखेर चुनावमा गएको काँग्रेसले शर्मनाक हार बेहोर्नेछ।’ 

तीनै तहको निर्वाचन नजिकै आइसकेकाले काँग्रेसलाई पहिलो पार्टी बनाउन सबैले गुटउपगुट त्याग्नुपर्ने उनले बताइन् । नेता संग्रौलाले अगामी निर्वाचनमा काँग्रेसले गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गर्न नहुने बताइन् । गठबन्धनबाट चुनाव लडे काँग्रेस फेरि पनि दोस्रो पार्टी बन्ने उनको भनाइ थियो ।

कम्युनिष्टहरुले मुलु्कको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरा  दुईतिहाइ मत पाएर पनि सरकार सञ्चालन गर्न असफल भएपछि सिद्ध भैसकेकोले अव देशको नेतृत्व काँग्रेसले मात्र गर्न सक्ने बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप