प्रादेशिक समन्वय समितिको बैठक सम्पन्न
१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नै व्यवस्थापिका भएका सरकारले आफूलाई आवश्यक पर्ने कानून बनाउन पाउनुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले ‘जहाँ संसद छ, त्यहाँ कानून बन्न पाउनुपर्ने’ कुरामा जोड दिए ।
प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत प्रादेशिक समन्वय समिति बैठकको अध्यक्षसमेत रहेका मुख्यमन्त्री राईले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचलनअनुरुप व्यवस्थापिका भएका सरकारले कानून बनाउन पाउनुपर्ने विषयमा जोड दिएका हुन् । उनले अन्तबाटै कानूनको मस्यौदा पठाउने वा नमूना कानून पठाउने कुरा पनि सम्बन्धित सरकार र संसदको प्रतिकूल हुने धारणा राखे ।
‘बाहिरबाट, साइडबाट कानून बनाउन सहयोग गर्नु अलग कुरा होला, तर व्यवस्थापिका हैसियत भएका संसद आफै कानून बनाउन सक्षम छन् भन्ने सन्देश दिन जरुरी छ’ मुख्यमन्त्री राईले भने । प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत प्राप्त बजेटको कार्यान्वयन पक्ष कमजोर रहेकोमा त्यसलाई आगामी दिनमा सुधारेर लैजाने प्रतिवद्धता उनले व्यक्त गरे । मुख्यमन्त्री राईले बैठकमा क्रममा विभिन्न पालिका प्रमुखले राख्नुभएको जिज्ञासाको जवाफ पनि दिएका थिए ।
बैठकमा पालिका प्रमुखहरुले स्थानीय पालिकाहरूले आवश्यक कानून बनाउन नसकेको विषय उठाएका थिए । बैठकमा उदयपुर त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी, इलाम सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र मोरङ कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले लगायत सहभागी रहेका थिए । बैठकमा १ नम्बर प्रदेशका प्रमुख सचिव डा.रामप्रसाद घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत भए गरेका कामबारे धारणा राखेका थिए ।
बैठकमा प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत प्रदेश प्रशिक्षण केन्द्रका निर्देशक गणेशप्रसाद तिम्सिनाले आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम प्रगतिबारे र प्रादेशिक कार्यक्रम प्रबन्धक क्षितिज भट्टराईले आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बजेट र कार्यक्रम कार्यान्वयन कार्ययोजना बारे प्रकाश पारेका थिए ।
बैठकले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमको चालू आर्थिक वर्ष २०७८/०७९ को राष्ट्रिय कार्यकारी समितिबाट स्वीकृत भएको प्रादेशिक वार्षिक रणनैतिक कार्यक्रम कार्यान्वयन योजनामाथि छलफल गरी सोहीअनुरुप कार्यक्रम कार्यान्वयन गर्नेलगायतका निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण