नैतिक आधारमा अलग हुनसक्छु, राप्रपा कदापि फुटाउँदिन : कमल थापा
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आफु पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन् । थापाले बिचार नमिले नैतिक आधार अलग हुने तर पार्टी कदापी नफुटाउने बताए । बिहीबार सामाजिक सञ्जालमार्फत थापाले भनेका छन् : ‘ स्पष्ट होस्, बिचार मिलेन भने पार्टीबाट कुनैदिन नैतिक आधारमा म अलग हुनसक्छु तर राप्रपा कदापि फुटाउने छैन ।’
पूर्व अध्यक्ष थापाले विगतको विषम परिस्थितिमा आफुले राजसंस्थाको एजेण्डा बोक्दा सिनो बोकेर हिंड्ने भनेर सत्तोसराप गर्नेहरुले नै आज आफुले राजा राजनीतिभन्दा माथि रहनुपर्छ र पार्टीमा चलखेल गर्नुहुँदैन भन्दा खेदो खनिरहेको आरोप लगाएका छन् । उनले भनेका छन् : ‘हाँसो लाग्छ । त्यो राजतन्त्रप्रति विकसित मोह हो वा मेरो चरित्र हत्या गर्ने रहर, मैले बुझ्न सकेको छैन ।’
थापाले आफु निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नरहेको समेत पार्दै राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप दोहोर्याएको छन् ।
उनले भनेका छन् : ‘राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीति भन्दामाथि बस्न नचाहने स्पष्ट संकेत मिलेको छ। मेरो समस्या र पीडा त्यही हो। यो प्रसंगलाई हारजीतसँग जोडेर हेर्नेहरुले समस्याको जडलाई बुझ्न सक्दैनन्। उनीहरुको विवशता प्रति मेरो दया छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण