राष्ट्रिय सभा चुनावका उम्मेदवारमाथि एउटा पनि परेन उजुरी
आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दिएमध्ये एकजना विरुद्ध पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार पुस २१ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने कार्यतालिका तोकिएकोमा निर्धारित समयमा कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए ।
यस्तै निर्वाचनका लागि कुल १९ सिटका लागि विभिन्न दलबाट ४३ जनाले उम्मेदवारी दिएको र शुक्रबार मनोनयन जाँचको काम भइरहेको छ । शनिवार उम्मेदवारले उम्मेदवारी फिर्ता लिने र २५ गते अन्तिम नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
राष्ट्रिय सभाको १९ सदस्य पदका लागि हुने निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य सात सदस्य निर्वाचित हुनेछन् । प्रदेश अनुसार प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन सदस्य निर्वाचित हुनेछन् ।
यो निर्वाचनमा एमालेले एक्लै उम्मेदवारी हालेको छ भने गठबन्धन दलले उम्मेदवार भागबन्डा गरेर उम्मेदवारी दिएका छन् । काँग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच–पाँच जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्दैछन् । निर्वाचन कार्यतालिका अनुसार यही पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते अन्तिम नामावली प्रकाशन गर्ने, पुस २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिने र माघ १२ गते मतदानको कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण