असंवैधानिक क्रियाकलापबाट गरिएको त्यो एउटा ‘ड्रामा’ थियो : केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार विस्थापन गर्ने, नयाँ सरकार गठन गर्ने जिम्मेवारी संसदको भएपनि आफू नेतृत्वको सरकार हटाएर अर्को सरकार बनेको संसदले नै थाहा नपाएको बताएका छन् । नेकपा एमालेको जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले विरुद्ध एक प्रकारको घेराबन्दी भएको बताए ।
उनले नेकपा एमालेबाट देश र जनताले धेरै ठुलो अपेक्षा गरेको पनि बताए । एमाले एक प्रकारको घेराबन्दीमा परेको भए पनि जनताको रक्षाकवच प्राप्त भएकाले फेरि जनमतबाटै एमालेले देशको नेतृत्व गर्ने उनले प्रस्ट पारे । उनले अहिलेको सरकार सत्तामा बस्न उपयुक्त नभएको पनि दाबी गरे । जनताले आदेश नदिएका मान्छेहरु अन्यत्रबाट सरकारमा सामेल भएको उनको भनाइ थियो ।
‘संसदले सरकार परिवर्तन भएकै थाहा पाएन,’ उनले भने, ‘संसदले एकैचोटी विश्वासको मत लिने बेलामा मात्र सरकार परिवर्तन भएको थाहा पायो ।’ जबकि, प्रधानमन्त्री हटाइएको, अर्को प्रधानमन्त्री नियुक्त भएको संसदले थाहा पाउनुपर्ने उनको भनाइ थियो । ‘एकैचोटी विश्वासको मत लिने ड्रामा भयो,’ उनले भने, ‘असंवैधानिक क्रियाकलापबाट गरिएको एउटा ड्रामा थियो त्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० बुँदे कार्यसूचीमा ८७ प्रतिशत प्रगति भएको सरकारको दाबी, कति भए कार्यान्वयन ?
-
एनपीएल अक्सनका लागि १५५ खेलाडीको सूची सार्वजनिक, 'ए' श्रेणीमा ५ खेलाडी (सूचीसहित)
-
नेपाल अरनिको यातायात सेवा प्रालिसमक्ष ८ बुँदे माग प्रस्तुत
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत पुराना कर्मचारीको सम्पत्ति छानबिन हुने
-
आगामी मौद्रिक नीतिमा राष्ट्र बैंकले लिनुपर्ने ७ एजेन्डा
-
सुदूरपश्चिमका ओलम्पियन खेलाडीहरू नगदसहित सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण