कविता : छोरोले बिर्सेछ
शनिबार, २४ पुस २०७८, ०९ : २६
विदेशबाट आएको छोरोले
ठाडै ‘हाई’ पो गर्यो
हामी बूढा भएका बाआमालाई
न त आदर गर्नु छ
न त आशीर्वाद थाप्नु छ
छोरोले बिर्सेछ
झुकेर ढोग्न ।
गोडामा हेरेको त
धूलो लागेको जुत्ता
लगाएरै पसेछ कोठामा
छोरोले बिर्सेछ
ढोका बाहिर जुत्ता खोल्न ।
‘बाबु’ भन्दा बोल्यो छोरो
जिब्रो बटारी बटारी
अप्ठ्यारो गरी
हात, कुम, आँखाले हाउभाउ गर्दै
नबुझिने अङ्ग्रेजी मात्र
छोरोले बिर्सेछ
नेपाली बोल्न ।
त्यहाँ के खान्थ्यो कुनि
नाक, मुख खुम्च्यायो
भात र गुन्द्रुक देखेर
जुठै पो बस्यो सेलफोन हेर्न
छोरोले बिर्सेछ
हात चुठ्न
कुल्ला गर्न ।
व्यर्थै पठाइएछ विदेश
के के न होला भनी
जानेको जति सबै बिर्सेछ
अब यसलाई कसरी सिकाउने ?
झुकेर ढोग्न
ढोका बाहिर जुत्ता खोल्न
नेपाली बोल्न
हात चुठ्न
कुल्ला गर्न ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण