सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सुचारु हुन्छ : पर्यटनमन्त्री आले

शनिबार, २४ पुस २०७८, २० : ४६
शनिबार, २४ पुस २०७८

सँस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने तयारी भैरहेको बताएका छन् । होटल व्यवसायी महासंघ,नेपालको ९ औं वार्षिक साधारणसभाको भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले सो कुरा बताएका हुन् । मन्त्री आलेले विमानस्थल दुई महिनाभित्र सञ्चालनमा ल्याइने योजना रहेको जानकारी समेत दिए ।

विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) को तयारी भैरहेको बताउँदै मन्त्री आलेले विमानस्थलमा लाइटिङ, एयर कण्डिशनिंग र इलेक्ट्रिक सप्लाइको काम सकिएको बताए । विमान अवतरण गर्ने क्रममा केही भाग छुने सम्भावना देखिएकोले त्यसको प्राविधिक समाधानका लागि भारत सरकारसँग पनि कुरा भैरहेको उनले बताए । उनले भने, ‘मैले भारतका पर्यटनमन्त्रीसँग कुरा गरेको छु, उहाँ सकारात्मक हुनुहुन्छ, यसबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि जानकारी गराएको छु ।’

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्य बन्ने बताए । मन्त्री आलेले लुम्बिनी गुरुयोजनाको ८१ प्रतिशत काम सम्पन्न भइसकेको समेत  बताए ।  अर्को एक प्रसंगमा उनले नारायणहिटी संग्रहालय, पशुपति क्षेत्र विकास कोष लगायतका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार अघि बढेको बताए ।  

कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाह, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, नेकपा (एकीकृत समाजवादी) का प्रदेश सचिव राजु गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप