पेट बढ्न थाल्यो ? के गर्ने ?
पेटमा बोसो बढेर ठूलो हुँदै गएको छ भने समयमा नै यसलाई घटाउने प्रयास गर्नुपर्ने हुन्छ । लामो समयसम्म पेट बढ्ने समस्या रहिरहने हो भने यसलाई घटाउन निकै मुश्किल हुन्छ । यसका लागि समयमा नै विभिन्न उपायहरु अपनाउन आवश्यक हुन्छ ।
तातो पानी
तातो पानी पिउने बानी बसाल्नुहोस् । यसले चिसोबाट बचाउँछ । साथै, पेटको बोसो पगाल्ने काम पनि गर्छ । बिहान दूध हालेको चिया वा कफी पिउनुभन्दा तातो पानी पिउँदा पेट घट्दै जान्छ । यसले पाचन प्रक्रियालाई पनि सक्रिय बनाउँछ । तातो पानी पिउने बानीले एक हप्तामा पेट घटेको अनुभव हुन्छ ।
चिनी र नुन
चिनीबाट बनेको खानेकुराले मोटोपन बढाउँछ । र, नुनमा सोडियम हुन्छ । यसले पनि मोटोपन बढाउने काम गर्छ । अध्ययनका अनुसार चिनी युक्त खाद्यपदार्थ र नुन युक्त खाद्यपदार्थले पेट बढाउँछ ।
खाना खाने चाहनालाई नियन्त्रण
विशेषगरी चिसो मौसममा खाना खाने इच्छा धेरै हुन्छ । शरीरमा पानीको कमि हुँदा पनि खानेकुरा खाइरहने इच्छा जाग्छ । त्यसैले खानेकुरा खाने मन भएमा पानी पिउने गर्नुपर्छ । पानी पिउँदा पनि खाना खान मन लागेमा खाना खानुपर्छ ।
फाइबर युक्त खाना
खानामा फाइबर भएमा सजिल्यै पचाउन सकिन्छ । खाना सजिल्यै पच्न थालेपछि मोटोपन पनि बढ्दैन । यसले एसिडिटी पनि नियन्त्रणमा राख्छ । त्यसैले मैदाबाट बनेको खानेकुरा खान कम गर्नुपर्छ ।
व्यायाम
पेट घटाउन र मोटोपनबाट बच्न सबैभन्दा जरुरी कुरा भनेको व्यायाम नै हो । बढेको पेटलाई नियन्त्रणमा राख्न व्यायाम गर्न आवश्यक छ । त्यसैले पेट र कम्मरलाई ध्यान दिएर व्यायाम गर्ने गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण