‘पशुपति प्रसाद’ को सिक्वेल बनाउँदै दीपेन्द्र
फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल निर्माण गर्ने तयारी भएको छ । निर्देशक दीपेन्द्र के खनालले नै फिल्मको सिक्वेल बनाउनेबारे तयारी गरेका हुन् । फिल्मको सिक्वेलको बिषयमा उनले लेखक समेत रहेको अभिनेता खगेन्द्र लामिछानेसँग छलफल गरिरहेका छन् । कुन एंगलबाट सिक्वेल बन्न सक्छ भनेर उनीहरु बीच छलफल भइरहेको हो ।
‘पशुपति प्रसाद’ दर्शक तथा समिक्षा सबैले रुचाएको फिल्म हो । फिल्मको छाप दर्शकको मनामा गहिरो भएकोले सिरिज बनाउन दीपेन्द्र जुटेका हुन् । हालै राजधानीमा आयोजिक एक कार्यक्रममा उनले फिल्मको सिक्वेल बनाउनेबारे जानकारी दिँदै यसमा काम गर्न चुनौति भने रहेको बताए ।
‘म जहाँ जान्छु ‘पशुपति प्रसाद’ को सिक्वेलको कुरा उठ्ने गरेको छ । मलाई पनि बनाउन मन छ । तर आँट नै आइरहेको छैन’ दीपेन्द्रले भने ‘कोरोनाले चुनौतीपूर्ण अवस्थामा फिल्म क्षेत्र रहेको बेला ‘पशुपति प्रसाद’ फेरि बनाउनुपर्छ कि भन्ने चाहिँ लागेको छ ।’
दीपेन्द्रले पछिल्लो समय निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ आउँदो बैशाख ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
‘पशुपति प्रसाद’का लेखक पनि खगेन्द्र हुन् । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, सजन राई, विभु विप्सन लगायतले मुख्य भूमिका रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण