एमाले उदयपुरको अध्यक्षमा घिमिरे सर्वसम्मत
उदयपुरमा नेपाल कम्युनिस्ट पार्टी एमालेले आठौं जिल्ला अधिवेशनको चार दिन लामो रस्साकस्सीबीच नयाँ नेतृत्व चयन गरेको छ । खुल्ला सत्र सकिएको चार दिनको प्रयासपछि सर्वसम्मत नेतृत्व चयन गरेको हो । परमेश्वर घिमिरेको अध्यक्षतामा १ सय १२ सदस्य नयाँ जिल्ला कमिटी चयन गरेका छन् ।
उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ सचिवमा कालु लामा, उपसचिवमा भरतबहादुर थापा उपसचिव टेकबहादुर राउतसहितको पाँच जनाको पदाधिकारीसहित एक सय १२ जनाको जिल्ला कमिटी घोषणा गरेको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरेर सर्वसम्मतको प्रयास थालिएको थियो । अध्यक्षका आकाङ्क्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनमा समय लागेको अध्यक्ष मण्डलका अध्यक्ष नेपाल कम्युनिस्ट पाटी एमालेका पोलिटब्युरो सदस्य मन्जुकुमारी चौधरीले बताइन् ।
हलले सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । सबैको चाहना र भावना अनुरूप नेतृत्व सर्वसम्मत चयन गर्न सहमति खोजिएको जनाएका छन् । पार्टीमा गुटगत प्रवृत्तिको अन्त्य गर्न अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने तल्लोदेखि माथिल्लो तहसम्मका नेताहरूको दबाब रहेको अध्यक्ष मण्डलले जानकारी दिए । अध्यक्षका लागि परमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले दाबी गर्दै आएको थियो ।
त्यसैगरी जिल्ला कमिटीमा खुल्लातर्फ ३३ जना, निर्वाचन क्षेत्रबाट ३० जना, पालिकाबाट २४ जना, आदिवासी जनजातिबाट ६ जना, श्रमिकबाट ६ जना, उत्पीडित समुदायबाट पाँच जना, थारु समुदायबाट पाँच जना, मधेसी मुस्लिमबाट दुई जना र लोपोन्मुखबाट एक जना गरी १ सय १२ जनाको कमिटी चयन गरिएको नव निर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण