जसको घरमा पाहुना लाग्न गए, उनैले बन्चरोले हिर्काएर हत्या गरे
मङ्गलबार, २७ पुस २०७८, १० : ३३
खोटाङ घर भएका ८१ वर्षीय प्रेम बहादुर बुढाथोकी ‘सिताराम’ सोमबार साँझ मोरङको लेटाङस्थित डम्बर भुजेलको घरमा पाहुना लाग्न गएका थिए । पाहुना लाग्न गएकै घरमा उनको हत्या भएको छ । हत्या आरोपमा ६० वर्षीय डम्बर भुजेललाई पक्राउ गरिएको मोरङका एसपी जनार्दन जिसीले रातोपाटीलाई बताए ।
सोमबार साँझ ७ बजेतिर मदिरा सेवन गर्दा विवाद भएपछि भुजेलले बन्चरोले हिर्काएर उनको हत्या गरेका हुन् । सितारामको टाउकोमा बन्चरोले हिर्काएको चोट देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट विवाद हुँदा हत्या गरेको देखिएको एसपी जिसीले बताए । घटनास्थल लेटाङ नगरपालिका–२ स्थित फँडानीमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण