गायक यम बरालले गरे दोस्रो बिहे, भित्र्याए काँग्रेस नेतृ
लोकप्रिय गायक यम बरालले दोस्रो बिहे गरेका छन् । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतालाई काठमाडौंमा हालै किनको घरमा भित्र्याएका बताइएको छ ।
हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ गीता बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । विवाहको बिषयमा प्रश्न गर्दा गीताले यो आफ्नो व्यक्तिगत जीवनको मामला भएकाले केही नबोल्ने बताइन् । ‘म सेलिब्रेटी होइन, यो मेरो ब्यक्तिगत जीवन हो,’ गीताले भनिन् ‘तपाई आफ्नो सेलिब्रेटी (यम बराल)सँग सोध्नुस् यो बिषयमा म केही बताउँदिन ।’ तर उनले बिहे गरेको भने अस्वीकार गरिनन् ।
विवाहको बिषयमा गायक यम बरालसँग पटक पटक सम्पर्क गर्दा खोज्दा भने सम्पर्क हुन सकेन । एक टेलिभिजन कार्यक्रमले भने यम र गीता दुलाहा र दुलहीको रुपमा नाचगान गरेको भिडियो सार्वजनिक गरेको छ ।
गायक बरालको पहिलो विवाह आकृति राणासँग भएको थियो । राणासँग उनले सन् २०११ मा सम्बन्ध विच्छेद गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण