विद्यालय बन्द गर्न विराटनगर महानगरको निर्देशन
बुधबार, २८ पुस २०७८, १७ : ५२
कोरोनाको संक्रमणको दर तीव्र रुपमा बढेसँगै विराटनगर महानगरपालिकाले पुस २९ गतेबाट सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै महानगरपालिकाले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
विद्यालयको वर्षे र हिउँदे बिदामा कटौती हुने गरी विद्यालयमा बिदा दिन सूचना जारी गरिएको छ । यद्यपि महानगरले हाल परीक्षा सञ्चालन भइरहेका विद्यालयको हकमा भने शुक्रबारसम्म स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिएको छ ।
संघीय सरकारले पुस २६ गतेबाट विद्यालय बन्द गर्न निर्देशन दिए पनि विराटनगरका विद्यालय सञ्चालन भइरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण