लघुकथा : निःशुल्क डेरा
तीन महिना अगाडि मात्र चेक रिपब्लिकबाट मगाएको ‘म्याक्स’ बिरामी पर्न थालेर निकै तनावमा थिएँ । त्यसमाथि काठमाडौंको जाम र पार्किङको असुविधाजनक अवस्था । बरु मानिसको डाक्टर घरमा नै बोलाउन सकिने तर कुकुरको राम्रो डाक्टर खोज्न क्लिनिक नै धाउनु पर्ने ।
करिव दुई सय मिटर पर कार पार्क गरेर काखमा म्याक्सलाई लिएर क्लिनिकतर्फ जाँदै थिएँ । अकस्मात पछाडिबाट कसैले बोलाएजस्तो मानें तर कसलाई बोलाएको हो थाहा भएन ।
“कमरेड् उत्साह !” पछाडि फर्केर हेरेँ । मलाई नै बोलाएको रहेछ ।
राजधानी आएपछि मैले मेरो भूमिगत नाम पनि बिर्सेको थिएँ । उसले भन्यो “कमरेड चिन्नु भएन, म कमरेड् चट्याङ् । हामी एउटै कमिटीमा कमिटेड थियौँ नि कुनै बेला ।”
उसको कुराले मलाई पुरानो दिनको याद आयो । पार्टीमा म बुद्धिजीवि भनिएकोलाई कसरी कमरेड् चट्याङले खोल्सा खोल्सै बोकेर दौडेर सेनाबाट जोगाउँदै सुरक्षित स्थानमा पुर्याएका थिए ।
अहिले सन्त नेता किशुनजीको याद आउने गरी एउटा बेरिएको बिस्तारा बोकेर मेरो अगाडि उनी उभिएका थिए तर छाता र सुराही भने थिएन ।
“ओहो कमरेड् धेरैपछि भेट भयो नि । कता हुनुहुन्छ आजभोलि । राजधानीमा के गर्दै हुनुहुन्छ ?”
मैले औपचारिकता देखाउन बोलेँ तर काखको म्याक्सलाई भने झिजो लागेको थियो र उ कुइँकुइँ गर्दै थियो ।
उनले भने, “म पनि राजधानीमा नै बस्ने विचार गरेको । बस्ने ठाउँ खोज्नु पर्यो कमरेड् ।’
अब यस्तो महँगो ठाउँमा कसरी खोज्ने यस्तालाई डेरा ।
मैले भनें, “काठमाडौंमा बसेर साध्य छैन कमरेड, घरभाडा त छोई नसक्नु छ । ”
उ हल्का मुस्कुरायो र भन्यो, “म डेरा भाडा तिरेर बस्छु भनेको कहाँ हो र । म त भाडा तिर्नु नपर्ने ठाउँ पो खोजेको ।”
मैले उसको कुरा बुझ्न सकिनँ, उसलाई हेरी रहेँ । उसले अझ बिस्तारमा बतायो “सुप्रिमोले भनेजस्तै पार्टीको कुनै निर्माण ब्यावसायीको घर छैन ?”
पार्टीको परिभाषामा राष्ट्रिय पुँजीपतिमा परेको एक जना ब्यापारीको गाडीमा हिँड्ने म उसको कुराले स्तब्ध भएँ । म्याक्स पनि मेरो काखबाटै उसलाई भुक्न थाल्यो । म पनि फुर्सदमा भेटेर कुरा गर्ने झुटो आश्वासन दिँदै हतार हतार क्लिनिकतिर लागें ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण