शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

२४ घण्टामा ५ हजार कटे कोरोना संक्रमित

शुक्रबार, ३० पुस २०७८, १६ : २०
शुक्रबार, ३० पुस २०७८

बितेको २४ घण्टामा देशभर ५ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५०८७ जनामा संक्रमण पुष्टि भएको हो।  

सोही अवधिमा ३०६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो । यो हिसावले संक्रमणदर २४.७४ प्रतिशत देखिएको छ । 

देशभर कोरोनाका सक्रिय संक्रमित १८ हजार २३५ जना रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार ६१३ जनाको मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप