चोभारको सुक्खा बन्दरगाह अझै सञ्चालनमा आउन सकेन
उपत्यकाको चोभारमा निर्माण सम्पन्न भइसकेको सुक्खा बन्दरगाह सञ्चालनमा भने अझै आउन सकेको छैन । सुक्खा बन्दरगाह निर्माण पाँच महिनाअघि नै भइसके पनि सञ्चालनमा आउन नसकेको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुक्खा बन्दरगाह निर्माण सम्पन्नसँगै मन्त्रालयको तर्फबाट गरिनुपर्ने सबै काम सम्पन्न भएको जनाउँदै सञ्चालन हुन नसक्नुको दोष अर्थ मन्त्रालयलाई लगाएको छ ।
वाणिज्यले बन्दरगाह सञ्चालनका लागि आवश्यक सुरक्षा, क्वारेन्टिन, भन्सार क्षेत्र घोषणा तथा दरबन्दी कार्यविधि निर्माणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको जनाएको छ । मन्त्रालयले तत्कालका लागि मन्त्रालय मातहतको इन्टरमोडल यातायात विकास समितिमार्फत बन्दरगाह सञ्चालन गर्ने तयारी अघि बढाएको समेत पाइएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले कर्मचारी दरबन्दी सिर्जना, कार्यविधि निर्माण तथा भन्सार क्षेत्र घोषणाका लागि काम भइरहेको जनाएको छ । नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाअन्तर्गत २ सय २८ रोपनी जग्गामा बन्दरगाह निर्माणको काम भएको हो । विश्व बैंकको १ अर्ब ६७ करोड लागतको ऋण सहयोगमा आयोजना निर्माण गरिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
गणेश कार्कीको प्रश्न– सदनमा अर्को गणेश नेपाली बन्नबाट रोक्ने छलफल खोइ ?
-
शृङ्खलाबद्ध जनविरोधी कामले बालेन सरकार नाङ्गिँदै छ : नेकपा एमाले
-
जर्मनीमा गर्मीका कारण ५ हजारभन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण