दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न सक्ने दुई रुपियाँको नयाँ सिक्का
नेपाल राष्ट्र बैङ्कले साबिककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको दुई रुपियाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । नेपालको चुच्चे नक्सा भएको र २०७७ साल लेखिएको दुई रुपियाँको सिक्का बजारमा पठाएको नेपाल राष्ट्र बैङ्कले जनाएको हो ।
नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला छन् । सिक्काको पछाडिको भागमा पनि वृत्ताकार घेराभित्र वरिपरि ६४ वटा थोप्ला र आठ थोप्लासहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म, गदाका आकृति छन् । पछाडिको बीच भागमा जानकी मन्दिरको आकृति छ र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको छ भने माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण