यसरी हुन्छ सामाजिक सुरक्षाभत्तामा अनियमितता, यस्तो छ बराहपोखरीको प्रतिवेदन
खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमिततासम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ । पहिल्यै मृत्यु भइसकेका, हुँदै नभएका, बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि २०७६ कात्तिक पहिलो साता बसेको गाउँ कार्यपालिकाको बैठकले उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।
गाउँपालिकाका ६ वटै वडाको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छानबिन समितिले व्यापक अनियमितता देखिएको प्रतिवेदन १७ मंसिर २०७६ मा गाउँपालिका समक्ष बुझाएको थियो ।
हालसम्म गुपचुप राखिएको सो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने चौतर्फी दवाव सिर्जना भएपछि गाउँपालिकाले १०औँ गाउँसभामा सामाजिक सुरक्षाभत्ता अनियमितता सम्वन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेको हो । उपाध्यक्ष मगरले बाचन गरेर सुनाएको प्रतिवेदनमा कुन वडामा, कति बजेट चुहावट भए भन्ने तथ्यांक भने खुलाइएको छैन । सामाजिक सुरक्षाभत्तामा भएको अनियमितता छानविनका लागि अख्तियारले कागजात मगाएपछि गाउँपालिकाले २७ फागुन २०७६ मा सो सम्वन्धी कागजात बुझाएको थियो ।
मृत्यु दर्ता, बसाई सराई लगायत सम्वन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षा भत्ता निकासा गरिरहेको भन्दै छानबीनका लागि १ कात्तिक २०७६ मा गाउँपालिकामा उजुरी परेको थियो ।
५० जनाभन्दा बढिको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाई सरिसकेका ३ जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ । यस्तै, ४ जनाको नाममा दोहोरो सुविधा देखिएको र एक जना हुँदै नभएको अपांगको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय बिदुर श्रेष्ठले बताए ।
बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको सामाजिक सुरक्षाभत्ता अनियमितता सम्वन्धी उजुरी परे पनि गाउँपालिकाले सबै वडाको छानविन गर्न आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण