यौन दुराचार आरोपी शिक्षकलाई उम्काउने प्रयास
सिरहा– स्थानीय जनता माध्यमिक विद्यालय, गोलबजार ८ का एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको अभियोग लागेको छ । विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुराचार गरेको अभिभावकको आरोप छ ।
अभिभावकले सोमबार विद्यालयमै आएर उजुरी गरेका थिए । पीडितले आइतबार विद्यालयबाट घर पुगेर आमालाई रुदै शिक्षकले आफूलाई शरिरका विभिन्न भागमा सुमसुम्याएको भनेपछि अभिभावक उजुरी गर्न सोमबार विद्यालय पुगेका थिए ।
अभिभावकको उजुरीपछि आज (मंगलबार) विहानैदेखि स्थानीय बुद्धिजिवी, जनप्रतिनिधी, विद्यालयका प्र.अ. व्रम्हदेव प्रसाद सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवु महतो र इलाका प्रहरी कार्यालय गोलबजारका असई रेमती महतो सहितको उपस्थितिमा घटना मिलाउन छलफल चलिरहेको बताइएको छ ।
घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवा तथा विद्यार्थीहरुले विद्यालयमा ताला लगाएका छन् । तालाबन्दका कारण जारी अर्धवार्षिक परीक्षा समेत स्थगित भएको छ । पीडक शिक्षकलाई कार्वाहीको माग गर्दै सिरहाको चोहर्वामा चक्काजाम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण