इलामको झण्डीडाँडाबाट मेचीनगरसम्मको प्याराग्लाइडिङको परीक्षण उडान सफल
पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उडेको देख्नुभएका इलाम रोङ गाउँपालिका–६ का वडाध्यक्ष मनिकुमार स्याङ्बोले आफ्नै गाउँमा पहिलोपटक सोको मज्जा लिएका छन् । इलामको रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट आज उनी आफैँले प्याराग्लाइडिङको मज्जासहित परीक्षण उडान सुरु गरेका हुन् ।
पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीलाई ल्याएर उनले आफ्नै क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक झण्डीडाँडाबाट झापा मेचीनगर नगरपालिका–१ तिरिङसम्मको प्याराग्लाइडिङको परीक्षण उडान गराएका हुन् ।
शुक्रबार हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका कोइराला, बुढाथोकी र नेपालीले मात्र उडान गरेका थिए भने आज वडाध्यक्ष स्वयंले उडान गरेर परीक्षण सफल भएको बताए । उनले भने, ‘पहिलोपटक प्राविधिक हिसाबले उपयुक्त छ कि छैन भनेर परीक्षण उडान गर्यौं सफल भयौँ, अब एक महिना भित्रैमा व्यावसायिक रूपमा काम गर्छौँ ।” उनले यस क्षेत्रका व्यवसायीलाई समेत तयार रहन आग्रह गरे ।
उनले प्याराग्लाइडिङबाट झापाका विभिन्न स्थान, भारतको मिरिक, खर्साङ, दार्जिलिङलगायतका स्थान देखिएको बताए । उनले सरकारले तराईका जिल्लामा भ्यूटावर बनाउन लाखौँ खर्च गरिरहेका बेला प्रकृतिले दिएको सुन्दर स्थानलाई सजाएर पनि पर्यटनको विकास गर्न सकिन्छ भन्ने उद्देश्यले काम गरिरहेको बताए ।
झण्डीडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङ झापाको मेचीनगर नगरपालिका–१ स्थित तिरिङखोलाको बगर र सोही वडामा रहेको बाल विकास आधारभूत विद्यालयको प्राङ्गणमा अवतरण गरिने व्यवस्था मिलाइएको छ ।
मेची राजमार्गको हाँसपोखरीबाट कर्साङ पदमार्ग हुँदै झण्डीडाँडा थाकेर पुगेका पर्यटकका लागि आकाशमा डुल्दै पर्यटकीय स्थानको दृश्यावलोकनले थकान मेट्न प्याराग्लाइडिङ सहयोगी हुने उनको भनाइ छ । यहाँबाट सूर्योदयको दृश्यावलोकनसमेत गर्न सकिन्छ । जसका लागि दैनिकजसो पर्यटक आउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण