मनाङका बाढीपीडितलाई प्रदेश सरकारको दुई लाख राहत
गण्डकी प्रदेश सरकारले मनाङका बाढीपीडितलाई दुई लाख राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले विशेष प्याकेज अन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको ९, नार्पाभूमि गाउँपालिकाको ७ र मनाङ ङिस्याङ गाउँपालिकाको ६ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरिएको बताए ।
उनकाअनुसार गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ भए पनि ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएका छन् पाँच जनाको भेरीफाई हुन बाँकी भएकाले राहत प्रदान गरिएको छैन । प्रदेश सरकारले क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन उक्त रकम बाढीपिडितलाई प्रदान गरेको हो । प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि एक करोड ४८ लाख रुपैयाँ बजेट आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार एक लाख रुपैयाँ र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रुपैयाँ आएको उनले बताए । उनकाअनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि आएको हो । संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको बताए । मनाङमा पुननिर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री, पहिलो चरणको वार्ता सम्पन्न (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण