चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ ।
सोमबार बिहान ८ः४५ बजेदेखि आज बिहान ८ः४५ बजेसम्म ३३५ वटा वर्षा मापन केन्द्रहरु (मानव सञ्चालितः ४५ र स्वचालितः २९०) मा वर्षा मापन गरिएको छ । जसअनुसार गत २४ घण्टामा २४३ वटा केन्द्रमा वर्षा भएको छ ।
केन्द्रहरूमध्ये सबैभन्दा बढी वर्षा (३१९.८ मि मि) चितवन जिल्लाको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ । सोही केन्द्रका आसपासका तीन वटा केन्द्रहरूमा २०० मिमीभन्दा बढी वर्षा भएको छ भने देशभरि १०० मिमीभन्दा बढी वर्षा २३ वटा केन्द्रहरूमा भएको छ ।
विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले सोमबार रातिदेखि न्यूनचापीय रेखा मध्य तथा पूर्वी तराईतर्फ सर्दै गरेको जानकारी दिए । काठमाडौँलगायत अन्य क्षेत्रमा भइरहेको लगातारको झरी सोमबार रातिदेखि रोकिएको र आजको मौसम सोमबारभन्दा केही घमाइलो र तातो हुने उनको भनाइ छ । उपाध्ययका अनुसार सप्तकोशी तथा नारायणी नदी वरिपरि डुबानको जोखिम आज मध्याह्नसम्म रहने छ ।
विभागका अनुसार अहिले चितवन भरतपुर आसपासका क्षेत्रहरु डुबानमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
-
बीमाको ५१ प्रतिशत पहुँचको तथ्याङ्कमा कांग्रेस सांसद केरुङको आशंका : वास्तविक दायरा २५ प्रतिशत मात्रै !
-
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण