टिपर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु
मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्वर–७ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगतको सडकमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका वडा नम्बर–१२ बस्ने ५५ बर्षीय तारादेवी रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी रेग्मीको उपचारको क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
आइतबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना २ क ४३१ नम्बरको खाली टिपरले सोही दिशामा रहेको ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको रिमालले बताए ।
दुर्घटनामा मोटरसाइकल चालक भरतपुर–१२ बस्ने ५७ बर्षीय महेन्द्र रेग्मी घाइते भएका छन् । उनको उपचार जारी रहेको रिमालले जानकारी दिएको छ ।
घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ । ठक्कर दिने टिपर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण