कोरोनाले बढाउँदैछ मानसिक समस्या
कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय कोरोना महामारीपछि मानसिक रोग जटिल समस्याका रूपमा देखिएको बताउँछन् ।
उनी कोरोना लागेका, कोरोनाबाट आफन्त गुमाएका, महामारीका बेला लामो समय घरभित्रै बसेका र अग्र पङ्क्तिमा खटिनेमा मानसिक समस्या धेरै देखिएको बताउँछन् । विशेष गरी सङ्क्रमणबाट निको भएकामा पुनः सङ्क्रमण हुन सक्ने त्रास अत्यधिक देखिने र अग्र पङ्क्तिमा खटिनेमा परिवारका सदस्यमा पनि सङ्क्रमण हुने हो कि भन्ने चिन्ताले मानसिक समस्या निम्ताइरहेको उपाध्यायको भनाइ छ ।
सङ्क्रमणका बेला निद्रा नलाग्ने, डर लाग्ने, मन आत्तिने र डिप्रेसन हुने जस्ता समस्या बढेको उनी बताउँछन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण